नेपाली राजदूतको भूमिकामाथि एनआरएनए दक्षिण कोरियाले उठायो प्रश्न
सारांश
- एनआरएनए दक्षिण कोरियाले कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहेङ्फेको भूमिकामाथि प्रश्न उठाएको छ।
- राजदूतले संस्थाभित्र विभाजन बढाउने गतिविधि गरेको आरोप लगाउँदै दूतावासलाई प्रवासी नेपाली समुदायको हितमा उभिन आग्रह गरिएको छ।
- एनआरएनए दक्षिण कोरियाले राजदूतमाथि अभिभावकीय भूमिकाबाट विचलित भई पक्षधर जस्तो व्यवहार गरेको आरोप लगाएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहेङ्फेको भूमिकामाथि प्रश्न उठाएको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा जारी विज्ञप्तिमा राजदूतले संस्थाभित्र विभाजन बढाउनेजस्ता गतिविधि गरेको आरोप लगाउँदै दूतावासलाई प्रवासी नेपाली समुदायको हित र एकताको पक्षमा पुनः उभिन आग्रह गरेका छन्।
महासचिव नरेश शर्मा समेतको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, “दूतावास र महामहिम राजदूतज्यू प्रवासी नेपालीका अभिभावक, संयोजक र मार्गदर्शकको भूमिकामा रहनुपर्ने संवैधानिक तथा नैतिक दायित्व रहन्छ। संस्थागत एकतालाई कमजोर बनाउने, विभाजनकारी व्यवहार गर्ने र समुदायमा अशान्ति उत्पन्न गराउने प्रयास स्वीकार्य हुँदैन।”
गुरुङले नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट शेष घलेको नेतृत्वमा सम्पन्न एकता महाधिवेशनलाई आधिकारिक मान्यता प्रदान भइसकेको र सो सम्बन्धी पत्र दूतावासमा समेत पुगेको स्पष्ट प्रमाण रहेको बताए।
तर पछिल्ला गतिविधिहरूले प्रवासी नेपाली समुदायमा निराशा र शंका उत्पन्न गरेको भन्दै एनआरएनए दक्षिण कोरियाले राजदूतमाथि “अभिभावकीय भूमिकाबाट विचलित भई पक्षधर जस्तो व्यवहार गरेको” आरोप लगाएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “अझ दुखद पक्ष, प्रवासी नेपालीहरू कार्यस्थलमा दुर्घटना र मृत्यु जस्ता संवेदनशील घटनामा सहायता र उपस्थितिको अपेक्षा गरिरहँदा राज्यका प्रतिनिधि मौन रहने, तर संस्थाभित्र विभाजन बढाउने क्रियाकलापमा सक्रिय देखिनु गम्भीर प्रश्नको विषय बनेको छ।”
एनआरएनए दक्षिण कोरियाले यस्ता गतिविधिको कडा निन्दा गर्दै दूतावास र राजदूतलाई समुदायको एकता, विश्वास र हित कायम राख्ने जिम्मेवारीमा पुनः केन्द्रित हुन आग्रह गरेको छ। कोरियामा दुई वटा एनआरएनए रहेको छ । एउटा समूहको नेतृत्व गुरुङले गरेका छन् भने अर्को समूहको नेतृत्व पार्वती तामाङ रहेकी छन् । तर राजदूतले आफू नेतृत्वको एनआरएनएलाई विभेद गरेको गुरुङ एनआरएनएको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण