बसाइँसराइले म्याग्दीमा घटे मतदाता
सारांश
- म्याग्दीमा पछिल्लो तीन वर्षमा मतदाताको संख्या घटेको छ, जुन निर्वाचन आयोगको पछिल्लो विवरणमा ८४,५२० कायम भएको छ।
- मृत्यु भएका, दोहोरो परेका र बसाइँसराइ गरेका कारण मतदाता घटेका हुन्, तर पछिल्लो एक महिनामा २३९ नयाँ मतदाता थपिएका छन्।
- आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता, अद्यावधिक र मतदानस्थलको अवस्था अध्ययन थालिएको छ।
म्याग्दी । म्याग्दीमा पछिल्लो तीन वर्षको अवधिमा मतदाताको सङ्ख्या घटेको छ । विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ ।
जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता सङ्ख्या घटेको हो । ४१ हजार १७४ जना पुरुष, ४३ हजार ३४५ महिला र एक जना अन्य छन् ।
मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाइँसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका सूचना अधिकारी थापाले बताए।
यसैगरी म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा २३९ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । विदेशबाट फर्किएका, नयाँ नागरिकता लिएकाहरूले मतदाता नामावली दर्ता गर्न आइरहेका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताए ।
आगामी फागुन २१ गते घोषणा भएको निर्वाचनका लागि मतदाता नामावली दर्ता, अद्यावधिकसँगै मतदानस्थलको अवस्था अध्ययन थालेको उनले बताए । यसअघि मतदानस्थल रहेको ठाउँमा विपद्ले क्षति पुगेको र अन्य कारणले स्थानान्तरण तथा गाभ्नुपर्ने भएमा सोको विवरण पठाउन स्थानीय तहलाई निर्वाचन कार्यालयले पत्राचार गरेको छ ।
अघिल्लो निर्वाचनमा म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए । प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ वटा स्थानीय तहमा ४५ वटा वडा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण