महेश बस्नेतलाई तत्काल पक्राउ गर्न शोभा पाठकको माग
सारांश
- शोभा पाठकले एमाले नेता महेश बस्नेतलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन्।
- पाठकले बस्नेतले आफूलाई यौन शोषण गरेको र राजनीतिक पहुँचका कारण उल्टै उनलाई नै पीडित बनाइएको आरोप लगाएकी छिन्।
- पाठकले गृहमन्त्रीलाई बस्नेतलाई पक्राउ गर्न चेतावनी दिँदै, मन्त्री बब्लु गुप्ताको पनि संलग्नता रहेको आरोप लगाएकी छिन्।
काठमाडौँ। शोभा पाठकले एमालेका नेता महेश बस्नेतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेकी छन्। मंगललबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी पाठकले बस्नेतलाई अध्यक्ष केपी ओली, प्रहरी प्रशासनदेखि न्यायिक निकायलेसमेत संरक्षण गरेको आरोप लगाएकी हुन्।
पीडित पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै भनिन्, ‘मैले महेश बस्नेतको अपराधको विषयमा जाहेरी दिँदा पनि राजनीतिक पहुँचको कारण उल्टै मलाई बारम्बार पक्राउ गरी पीडित बनायो।’
पाठकले बलात्कार, भ्रूण हत्या र डाँका चोरी गरेको विषयमा जाहेरी हालेकोले महेश बस्नेतलाई पक्राउ गर्नुपर्ने बताउँदै चेतावनी दिइन्, ‘अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले महेश बस्नेतलाई पक्राउ नगरिए म अन्तिम हदसम्म जान बाध्य हुने छु।’
पाठकले वर्तमान सरकारका खेलकुद मन्त्री बब्लु गुप्ताले महेश बस्नेतको योजनामा आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईको विरुद्धमा बोल्न बाध्य बनाएको पनि बताइन्।
पत्रकार सम्मेलनमा उपस्थित सामाजिक अभियान्ता र अधिवक्ताहरूले पाठकको मागलाई समर्थन गर्दै बस्नेतलाई पक्राउ गर्नुपर्ने बताएका छन्।
सामाजिक अभियान्ता राधिका बरालले वर्तमान सरकारले बस्नेतलाई पक्राउ गरी कारबाही गर्न माग गरिन्। मन्त्री बब्लु गुप्ता पनि दोषी भएकोले उनलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।
अधिवक्ता वाईपी अधिकारीले महेश बस्नेतलाई पक्राउ गरेर अनुसन्धान गर्नेभन्दा पीडितलाई बारम्बार पुलिस हिरासतमा लिनु गलत भएको बताए। उनले बस्नेतको बारे उजुरी पर्दा उनलाई कानुन नलाग्ने तर शोभालाई कानुन लाग्ने अवस्थालाई 'सानालाई ऐन तर, ठूलालाई चैन' भएको टिप्पणी गरे।
अधिवक्ता मनिषा गौतमले पुराना राजनीतिक दलहरूको आडमा कानुन हातमा लिएर अन्याय अत्याचार बढाएको र अब बदलिँदो परिस्थितिमा त्यसलाई रोक्ने प्रयत्न गर्नु पर्ने धारणा राखिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण