भृकुटीमण्डपमा भोलि ९ पार्टीबिच एकता घोषणा
सारांश
- नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने भएको छ।
- एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र जनताको चाहना अनुसार काम गर्ने बताइएको छ।
- माओवादी केन्द्रका नेता अग्नि सापकोटाले माओवादबारे छलफल गरी पुनर्स्थापित गर्न सकिने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् ।
साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरे ।
‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अव देश सम्मृद्धिमा जाने हामीले विश्वास गरेका छौँ’, मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।
उनले तत्काललाई माओवाद सिद्धान्त छाडेपनि माओका योगदानका सवालमा सजीव छलफल गरेर पुनर्स्थापित पनि हुन सक्ने समेत बताए । ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनर्स्थापित पनि हुनसक्छ । तर अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो’, सापकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण