अन्तरिम सरकार निर्वाचनको तयारीमा छैन, प्रतिशोधपूर्ण व्यवहार गर्दैछ : पौडेल
सारांश
- एमाले नेता विष्णु पौडेलले वर्तमान अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप लगाए।
- पौडेलले सरकारले राजनीतिक दल र नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाए।
- उनले निर्वाचनको मिति तोकिए पनि सरकारले चुनावको तयारी नगरेको बताए।
रुपन्देही। नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप लगाएका छन्। उनले सरकारले राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको दाबी गरे।
रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै पौडेलले जेनजी विद्रोहपछि भएको घटनाक्रमको सन्दर्भमा बोल्दै भने, ‘षड्यन्त्र, सबै प्रकारका षड्यन्त्रहरू सधैँ थाहा हुन्छन् भन्ने हुँदो रहेनछ। यो तहको षड्यन्त्र, यो तहको कन्स्पिरेसी, यो तहको चाहिँ योजना छ भन्ने कुरा वास्तवमा थाहा पाउन सकिएन।’
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेको भए पनि सरकार निर्वाचनको तयारीमा नरहेको उनको भनाइ छ। ‘सरकारले चुनावको तयारी गरिरहेको छैन। गरिरहेको के छ भने, राजनीतिक पार्टीहरूमाथि, राजनीतिक पार्टीका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ,’ पौडेलले भने, ‘राजनीतिक पार्टीहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर, राजनीतिक पार्टीका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर चुनावको तयारी हुँदैन।’
उनले मुलुकको संविधान बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा आधारित भएको र मुलुक सञ्चालन गर्ने अभिभारा जनताबाट निर्वाचित राजनीतिक पार्टीहरूको हातमा हुने बताए। त्यसैले पार्टीलाई किनारा लगाएर निर्वाचनमा जान नसकिने उनको तर्क छ। ‘त्यस कारणले सरकारले भन्दा निर्वाचन भनेको छ तर निर्वाचनको तयारीमा यो चाहिँ छैन। यो चाहिँ वास्तवमा निर्वाचन देखाउने दाँत जस्तो मात्रै उनीहरूको भएको छ,’ उनले भने।
पौडेलले निर्वाचनमा जाने/नजाने भन्ने प्रश्न एमालेका लागि गौण भएको स्पष्ट पारे। उनले पञ्चायती व्यवस्था कालमा पनि एमालेले निर्वाचनलाई उपयोग गरेर जनपक्षीय उम्मेदवारहरू जिताएको इतिहास स्मरण गरे।
‘हामी नेकपा एमाले पञ्चायती निर्वाचनमा पञ्चायती कालमा पनि निर्वाचनलाई उपयोग गरेर पञ्चायतका विरुद्धमा प्रयोग गरेको हाम्रो अनुभव छ... त्यस कारणले हामी निर्वाचनबाट भाग्ने, निर्वाचनबाट तर्सिने, जनतामा जान नेकपा एमाले जनतामा नगएर को जान्छ?,’ उनले प्रश्न गरे।
पौडेलले अहिलेको प्रश्न निर्वाचनमा भाग लिने/नलिने नभई सरकारले निर्वाचनको तयारी नगरेर प्रतिशोधपूर्ण व्यवहार गरिरहेकोमा रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण