लुइसभिल नजिक कार्गो विमान दुर्घटना
बुधबार, १९ कात्तिक २०८२, ०५ : २५
सारांश
- अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थल नजिक युपिएस कार्गो विमान दुर्घटना भयो।
- दुर्घटनाग्रस्त विमान होनोलुलुस्थित ड्यानियल के. इनोए अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।
- विमानमा सवार तीन जना चालक दलका सदस्यहरु रहेको र हालसम्म कुनै मृत्यु वा घाइते भएको पुष्टि भएको छैन।
काठमाडौँ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थल नजिक एक युपिएस कार्गो विमान दुर्घटना भएको छ। संघीय विमान प्रशासन (एफएए) का अनुसार एमडी–११ मोडेलको यो विमान स्थानीय समय अनुसार मङ्गलबार साँझ ५ बजे उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाग्रस्त युपिएस फ्लाइट २९७६ हवाईको होनोलुलुस्थित ड्यानियल के. इनोए अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।
विमानमा तीन जना चालक दलका सदस्य रहेको युपिएसले जनाएको छ। कम्पनीका अनुसार हालसम्म कुनै मृत्यु वा घाइतेबारे पुष्टि भएको छैन।
दुर्घटनाग्रस्त विमान सन् १९९१ मा निर्मित एमडी–११एफ मोडेलको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण