दक्षिण अफ्रिकामाथि पाकिस्तानको जित
सारांश
- पाकिस्तानले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै एकदिवसीय सिरिजमा अग्रता लिएको छ।
- खेलमा पाकिस्तानका सलमान आगाले ६२ रन र मोहम्मद रिजवानले ५५ रन बनाए।
- दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ६३ रन बनाए भने लुहान डर प्रेटोरियोसले ५७ रनको योगदान दिए।
काठमाडौँ । घरेलु टोली पाकिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिजको पहिलो खेलमा २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
मंगलबार राति फैसलाबादस्थित इक्वाल स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको सिरिजमा १(० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको २६४ रनको लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा सलमान आगाले सर्वाधिक ६२ रनको अर्धशतकीय योगदान दिए । यस्तै, मोहम्मद रिजवानले ५५ रनको अर्धशतकीय पारी खेल्दा फखर जमानले ४५ रन बनाए ।
पाकिस्तानका लागि सयम ऐबले ३९ रन र हुशेन तलतले २२ रन जोडे ।
दक्षिण अफ्रिकाका बलरहरू लुङ्गी एनगिडी, डोनोभान फेरेरा र कोर्बिन बोसले समान २(२ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । लुहान डर प्रेटोरियोसले ५७ रनको अर्को अर्धशतकीय पारी खेल्दा कप्तान म्याथु ब्रेटकेले ४२ रन बनाए ।
दक्षिण अफ्रिकाका सिनेथेम्बा क्विस्लेले २२ रन र टोनी डी जोर्जीले १८ रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण