एकता घोषणाअघि भृकुटीमण्डपमा देखिएको चहलपहल
सारांश
- माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० दलले भृकुटीमण्डपमा एकता घोषणा गर्दैछन्।
- एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न पाँच कुने तारा हुनेछ।
- जनार्दन शर्मा र झलनाथ खनाललगायतका नेताहरू भने एकता प्रक्रियामा सहभागी हुने छैनन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १० वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुन लागेको हो ।
_6DrYrn3itM.jpg)
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
_EuHCk5ZxHB.jpg)
यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।
_HUHdm4pCtz.jpg)
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन् ।
हेर्नुहोस् भृकुटीमण्डपमा देखिएको चहलपहल :_3h3xCjbCur.jpg)
_vSCoL0pjBE.jpg)
_CF06WMLKXQ.jpg)
_xMHbRPONOj.jpg)
_141CRL7cXq.jpg)
_vyITBWeuKp.jpg)
_j6V56pQ0gz.jpg)
_pwiE8VBohh.jpg)
_iBQ1oMsx3D.jpg)
_NeVy92wWbH.jpg)
_CuuvUznZQY.jpg)
_m5ABB2T6NJ.jpg)
_m0Qs3Z3D43.jpg)
_ER5Y459gB0.jpg)
_V8gltoamqg.jpg)
_XY9fy2KXES.jpg)
_KSnZPLASui.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण