जीवनबहादुर शाही विशेष महाधिवेशनको विपक्षमा
सारांश
- नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही विशेष महाधिवेशनको विपक्षमा देखिएका छन्।
- उनले विशेष महाधिवेशनले पार्टीभित्र विग्रह ल्याउने र ५४ प्रतिशत हस्ताक्षर झुटो हुनसक्ने आशंका व्यक्त गरे।
- शाहीले नियमित महाधिवेशन गर्नुपर्ने र एकले अर्कालाई सिध्याउने रणनीतिले पार्टीलाई फाइदा नगर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधवार धारणा राख्दै शाहीले विशेष महाधिवेशनले पार्टीभित्र विग्रह ल्याउने बताए ।
विशेष महाधिवेशनको पक्षमा संकलित ५४ प्रतिशत हस्ताक्षर झुटो हुनसक्ने आशङ्का गर्दै शाहीले भने, ‘मैले बुझेको विशेष महाधिवेशन भनेको हाम्रो समय हुँदाहुँदै नेतृत्व सक्षम भएन भनेर हटाएर अर्को ल्याउने भन्ने कुरा होला । आज त हाम्रो करिब करिब सबै समय अवधि सिद्धिसकेको छ । यस्तो अवस्थामा कसरी विशेष महाधिवेशन हुन्छ । यसले पार्टीमा विग्रह ल्याउने मात्रै हो ।’
मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका छुट्टाछुट्टै महाधिवेशन सम्बन्धी कार्यतलिकाबाट साझा मिलनबिन्दु खोजेर नियमित महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।
एकले अर्कालाई सिद्ध्याउने रणनीतिले पार्टीलाई फाइदा नगर्ने शाहीको भनाइ छ । ‘एकले अर्कालाई हामीले ध्वाँस दिने, धम्काउने तर्साउने मात्र कुरा गरिरहेका छौं । यसले हामीलाई कुन ठाउँमा पुर्याउँछ ? त्यसबारे हामीले ख्याल गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण