१० पार्टीबिचको एकता ऐतिहासिक : प्रचण्ड
सारांश
- प्रचण्डले १० वटा पार्टीबीचको एकतालाई अविस्मरणीय दिन भनेका छन्।
- उनले एकताले देशका समस्या समाधान गर्न आत्मविश्वास बढेको बताए।
- प्रचण्डले जेनजीको विद्रोहलाई समर्थन गर्दै उनीहरूको भावना आत्मसात गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गरेका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने जिकिर गरे ।
‘यहाँ सबै घटकमा एउटै विचार देखेँ । एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ । नयाँ शक्ति निर्माण भयो’, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । एक दुई घटकबिच एकता भएको छ । तर १० वटा घटकबिच एकता भएको थिएन । यो एकताका लागि मात्र होइन देशका सङ्कट समाधानका लागि बनेको एकता हो । यो इतिहास अब कसैले मेटाएर मेटिँदैन ।’
डिजिटल प्लेटफर्ममार्फत जेनजीले गरेको विद्रोहलाई प्रचण्डले समर्थन गर्दै उनीहरूको भावनालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण