बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मापसे गरी विद्यालयको बस चलाएको भेटियो

बिहीबार, २० कात्तिक २०८२, १३ : १४
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • काठमाडौं उपत्यकामा लागुऔषध र मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ जना चालक पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सार्वजनिक, स्कुल तथा माइक्रो बसका चालकहरू रहेका छन्।
  • प्रहरीले पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार गरिएको चेकिङमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ४ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५ जना चालक पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दिएको जानकारीअनुसार, मादक पदार्थ सेवन गरी नियन्त्रणमा आएका ५ जनामा सार्वजनिक भाडाका सवारी साधनका २ जना, स्कुल बसका २ जना र माइक्रो बसका १ जना चालक रहेका छन् । 

त्यस्तै, लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना सबै भाडाका बस चालक हुन्। नियन्त्रणमा आएका सबै चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप