बनेपामा आजदेखि १२ वर्षे नरदेवी नाच
सारांश
- बनेपामा १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच आजबाट सुरु हुँदैछ, जुन तीन दिनसम्म चल्नेछ।
- भक्तपुरबाट देवीलाई बनेपा ल्याइनेछ र लायकु गणेशस्थानमा राखिने छ।
- स्थानीय गुठीयार र समाजको नेतृत्वमा परम्परागत शैलीमा नाच प्रस्तुत हुनेछ।
काभ्रेपलाञ्चोक । बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु हुँदैछ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
जात्रा व्यवस्थापन समितिका अनुसार विधिवत् रूपमा भक्तपुरबाट बनेपामा देवीको प्रस्थान गराई आज दिउँसो अपरान्ह बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ ।
परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक भुलक्ष्मी मानन्धरले जानकारी दिइन् ।
उनका अनुसार नाच साँस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरिने छ ।
बाह्र वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन गरिने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण