बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सांसदको काम थिति बसाल्ने हो : उपसभापति वाग्ले

बिहीबार, २० कात्तिक २०८२, १६ : ५९
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिति बसाल्ने बताए।
  • उनले जनतालाई स्थानीय तहले सानातिना काम गर्ने बुझाउन खोजेको बताए।
  • दमौली खानेपानी उपभोक्ता संस्थालाई सामग्री हस्तान्तरण गर्दै उनले विगतमा बजेट राख्न नसकेको बताए।

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिति बसाल्ने भएको बताएका छन् ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने- ‘गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिति बसाल्न तपाइँहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।’

सानातिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उनले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गरे । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिए पनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो ।

उनले भने, ‘खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एक सुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।’

संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप