सुडानी अर्धसैनिक बल मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्ताव अघि बढाउन सहमत
सारांश
- सुडानको अर्धसैनिक बल (आरएसएफ) ले मानवीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको छ।
- आरएसएफले डार्फर क्षेत्रमा पकड कायम गरेको छ, जहाँ उनीहरू सरकारी सेनासँग लडिरहेका छन्।
- एल-फासरमा भएको अत्याचार र भोकमरीको अवस्थाका कारण हजारौं मानिस विस्थापित भएका छन्।
पोर्ट सुडान, सुडान । सुडानको अर्धसैनिक बल (आरएसएफ)ले बिहीबार मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको मानवीय युद्धविरामको प्रस्तावमा सहमत भएको घोषणा गरेको छ।
दुई वर्षभन्दा बढी समयदेखि नियमित रूपमा सरकारी सेनासँग युद्धरत उक्त समूहले खास गरी सुडानको डार्फर क्षेत्रमा पकड कायम राखेको छ।
“सुडानी जनताको आकाङ्क्षा र हितको प्रतिक्रियामा,आरएसएफले ‘क्वाड’ देशहरूले प्रस्ताव गरेको मानवीय युद्धविराममा प्रवेश गर्ने आफ्नो सहमतिलाई पुष्टि गर्दछ,” आरएसएफले संयुक्त राज्य अमेरिका, इजिप्ट, युएई र साउदी अरेबियालाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ।
सुडानको सेना–गठित सरकारले यस हप्ताको सुरुमा अमेरिकी युद्धविराम प्रस्तावमा आन्तरिक छलफलपछि युद्धलाई अगाडि बढाउने सङ्केत गरेको थियो।
हालै सुडानको एल–फासर सहरमा भएको अत्याचार युद्ध अपराध र मानवता विरुद्धको अपराध हुन सक्ने सङ्केत पाइएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालयले जनाएको थियो ।
आइसिसीका अभियोजकको कार्यालय (ओटिपी) ले सामूहिक हत्या, बलात्कार र अन्य अपराधका बारेमा एल–फासरको रिपोर्टलाई लिएर ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ।
आरएसएफले अक्टोबर २६ मा एल–फासरमा १८ महिनाको घेराबन्दी र बमबारीपछि नियन्त्रण जमाएको थियो।
लामो समय युद्ध हुँदा स्थानीयहरूले आफ्नो दैनिक काम गर्न नसक्दा यहाँ चरम भोकमरीको अवस्था आएको छ। सुडानको एल फासर पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र मानिन्थ्यो ।
संयुक्त राष्ट्रसङ्घले भनेको छ, “युद्ध चर्किएपछि पछिल्ला केही दिनमा ६५ हजार भन्दा बढी मानिसहरू एल–फासरबाट विस्थापित बनेका छन् । विस्थापितमध्ये लगभग पाँच हजार नजिकैको ताविलामा छन् भने दसौँ हजार अझै पनि युद्धग्रस्त क्षेत्रमा फसेका छन्। उनीहरू स्थानीय शिविरहरूमा बसेका छन् ।”
अन्तिम आक्रमण हुनुभन्दा पहिले लगभग दुई लाख ६० हजार मानिसहरू एल–फासरमा बस्थे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण