त्रिवेणी सिन्थेटिकले तिर्यो बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत् लाइन जोडियो
शुक्रबार, २१ कात्तिक २०८२, ०८ : ०२
सारांश
- त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड लाइनको बक्यौता रकम तिरेको छ।
- पहिलो किस्ता तिरेपछि विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरिएको छ।
- उद्योगले २०७२ देखि २०७५ सम्मको डेडिकेटेड लाइन प्रयोगबापतको रकम तिरेको हो।
काठमाडौँ । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ ।
पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत् लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण