हङकङ सुपर सिक्स : नेपाल अफगानिस्तानसँग पराजित
सारांश
- हङकङ सुपर सिक्सको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भयो।
- अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ९५ रन मात्र बनायो।
- नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए पनि टिमलाई जिताउन सकेनन्।
काठमाडौँ । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।
शुक्रबार मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै मात्र ९५ रन बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोराले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, राशिद खान र मोहम्मद आदिल आलमले ११–११ रन बनाउँदा लोकेश बमले १० रनको योगदान दिए । अफगानिस्तानका लागि फर्माउल्लाह र अहमद अमादाजीले एक–एक विकेट लिएका थिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।
अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक ३५ रन बनाए भने फर्मउल्लाहले ३० रन र गल्बदीन नाइबले २२ रन जोडे । नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने लोकेश बमले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण