बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि (तस्बिरहरू)

शुक्रबार, २१ कात्तिक २०८२, ११ : ५५
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • स्वास्थ्य सेवा विभागले आज बालबालिकाहरूलाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाएको छ।
  • ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन 'ए' र १ देखि ५ वर्षका बालबालिकालाई जुकाको औषधि खुवाइयो।
  • आगामी वैशाख ६ र ७ गते भिटामिन 'ए' कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन्।

काठमाडौँ । स्वास्थ्य सेवा विभागले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । 

अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । 

vitamin a (3)

बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

vitamin a (4)vitamin a (5)vitamin a (6)vitamin a (7)vitamin a (8)vitamin a (9)vitamin a (10)vitamin a (11)vitamin a (12)vitamin a (13)vitamin a (14)vitamin a (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप