रुकुम पश्चिममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु
शुक्रबार, २१ कात्तिक २०८२, १७ : ५४
सारांश
- रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा आठबिसकोट नगरपालिकाका २२ वर्षीय प्रकाश थापा रहेका छन्।
- सजिलो इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।
रुकुम पश्चिम । रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापा रहेका छन्।
आठबिसकोट नगरपालिका–३, मा शुक्रबार दिउँसो १२ः ३० बजेको समयमा सजिलो इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनले रातोपाटीलाई बताए।
उनका अनुसार सजिलो इन्टरनेटको तार जोड्ने क्रममा थापाले करेन्टको तारलाई छुन पुगेका थिए । करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै उनको उनको मृत्यु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण