निर्देशकसँग प्रेममा छिन् अभिनेत्री सामन्था ?
सारांश
- अभिनेत्री सामन्था रुथ प्रभुले सामाजिक सञ्जालमा साहसी निर्णय र अनुभवबारे पोस्ट गरिन्।
- निर्देशक राज निदिमोरुसँगको तस्बिरले उनीहरूको सम्बन्धको चर्चा फेरि बढाएको छ।
- सामन्था र राजले यसअघि 'द फ्यामिली म्यान २' मा सँगै काम गरेका थिए।
मुम्बई । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले हालै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरिन्, जसमा उनले यस वर्ष लिएका साहसी निर्णयहरू र अनुभवहरूका बारेमा कुरा गरेकी छिन्। तर, यस पोस्टमा सबैभन्दा बढी चर्चा उनले निर्देशक राज निदिमोरुसँग खिचेको तस्बिरलाई लिएर भयो, जसले उनीहरूको सम्बन्धको अफवाहलाई फेरि बल दिएको छ।
सामन्थाले आफ्नो फ्रेगरन्स लन्च इभेन्टको यो तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। तस्बिरमा सामन्था कालो लेस ड्रेसमा र राज कालो सुटमा देखिएका छन्।
सामन्थाले पोस्टको क्याप्सनमा लेखे अनुसार उनले पछिल्लो डेढ वर्षमा आफ्नो करियरका केही साहसी कदमहरू चालेकी छिन् र आज उनै साना-साना जितहरूलाई उत्सव मनाउँदै छिन्।
सन् २०१८ को वेब सिरिज ‘द फ्यामिली म्यान २’ मा सँगै काम गरेपछि सामन्था र राजबिच निकटता बढेको बताइन्छ। यद्यपि दुवैले आफ्नो सम्बन्धबारे सार्वजनिक बयान दिएका छैनन्।
सामन्थाको सन् २०२१ मा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो, भने राज निदिमोरुको पनि सन् २०२२ मा श्यामाली डेसँग सम्बन्धविच्छेद भएको रिपोर्टहरूमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण