रास्वपा विस्तारित बैठकमा ५ नेताले दिए सुझावसहितको प्रतिवेदन
सारांश
- रास्वपाको चितवनमा जारी विस्तारित बैठकमा पाँच जना सदस्यले सुझावसहितको प्रतिवेदन पेश गरे।
- बैठकमा विभिन्न तहका नेताहरूले आ-आफ्नो लिखित दस्तावेज तथा प्रतिवेदन दर्ता गराएका हुन्।
- केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले २० पृष्ठ लामो सुझावसहितको प्रतिवेदन दर्ता गराए।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको सौराहामा जारी विस्तारित बैठकमा पाँच जना सदस्यले सुझावसहितको प्रतिवेदन पेस गरेका छन्। बैठकमा विभिन्न तहका नेताहरूले आ-आफ्नो लिखित दस्ताबेज तथा प्रतिवेदन दर्ता गराएका हुन्।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले सबैभन्दा लामो २० पृष्ठको सुझावसहितको प्रतिवेदन दर्ता गराएका छन्। यस्तै, केन्द्रीय सदस्यहरू डा. बुद्धि शर्मा र मधु अर्यालले तीन-तीन पृष्ठको दस्ताबेजसहितको प्रस्ताव दर्ता गराएका छन्।
त्यस्तै, केन्द्रीय सदस्य डा. तोशिमा कार्कीले पनि तीन पृष्ठको दस्ताबेज पेस गरेकी छिन् भने रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुसालले एक पृष्ठको दस्ताबेज दर्ता गराएका छन्।
अर्का सदस्य प्रमोद न्यौपानेले ‘संगठनात्मक सुझाव’ शीर्षकमा दस्ताबेज पेस गरे पनि उनी विस्तारित बैठकमा प्रतिनिधि नभएकाले उनको सुझावलाई केन्द्रीय समितिले ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण