माओवादीका सांसदले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने, आफ्नै मुखमा दले मोसो
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई माओवादीका प्रदेश प्रदेश सभाका दुई सांसदले विश्वासको मत नदिने घोषणा गरेका छन् ।
प्रदेश सभाको शनिबारको बैठकमा प्रदेश सांसद रहबर अन्सारी र माला कर्णले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।
सदनमा बोल्दै आफ्नो अनुहारमा कालो मसो लगाउँदै प्रदेश सांसद अन्सारी र कर्णले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने बताए ।
पार्टी निर्णयबेगर विश्वासतको मत नदिए पनि उनीहरूले पार्टीले कारबाही गरे भोग्न तयार रहेको पनि बताए ।
‘अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौँ, पार्टीले हामीलाई सजाय दिए पनि हामी भोग्न तयार छौँ,’ बैठकमा उनीहरूले भने । त्यसपछि माओवादी संसदीय दलका नेता भरत साहले उनीहरूलाई बाहिर लगेर सम्झाएका थिए ।
साथै बोलिरहेका बेला सभामुख रामचन्द्र मण्डलले माइक काट्नुअघि अन्सारीले विरोध जनाउँदै एक्कासि आफैँलाई मोसो दले । सांसद अन्सारीले सदनभित्रै मोसो दलेपछि बैठकमा हंगामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण