दिनदहाडै चोरिएको सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी पत्ता लगाउन प्रहरी असफल
सारांश
- सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी उनको निवासबाट दिनदहाडै चोरी भएको लामो समय बितिसक्दा पनि फेला परेको छैन।
- भदौ २५ गते धनगढीमा जेनजी आन्दोलनको प्रभाव रहेको बेला, डाक्टर हेमनाथ जोशीको गाडी ८ जनाको समूहले लुटेको थियो।
- प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ, तर हालसम्म कुनै ठोस प्रगति भएको छैन, जसले घटनालाई रहस्यमय बनाएको छ।
कैलाली । सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी उनको निवासबाट दिउँसै चोरिएको लामो समय बितिसक्दा पनि प्रहरीले हालसम्म लुटेरा र गाडीको कुनै सुइँको पाउन सकेको छैन।
गत भदौ २५ गते धनगढीमा जेनजी आन्दोलनको प्रभाव रहेको मौका छोपी सोही दिन दिउँसो करिब १२ बजेतिर एक समूहले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीको निजी निवासबाट गाडी लुटेर लगेको थियो। धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित निवासमा पार्किङ गरिराखिएको बा २ झ २८५९ नम्बरको सेतो स्कार्पियो गाडी मुखमा मास्क लगाएका आठ जनाको समूहले लुटेको थियो।
घटनालगत्तै डा. जोशीले प्रहरी तथा सेनालाई खबर गरेका थिए भने विश्वविद्यालय प्रशासनले पनि शंकास्पद व्यक्तिहरूको पहिचानसहित प्रहरीमा उजुरी दिएको थियो। तर, हालसम्म पनि परिणाम शून्य छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले गाडी र लुटपाटमा संलग्नहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको दाबी गरे पनि हालसम्म कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन। कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले घटना योजनाबद्ध र असामान्य प्रकृतिको रहेको बताएका छन्।
उनले लुटपाटमा संलग्नहरूको खोजी जारी रहेको बताउँदै भने, ‘हामी खोजी कार्यमा छौँ, लुट्नेहरूको केही पत्ता लागेको छैन।’ यो घटना जेनजी आन्दोलनको भोलिपल्ट घटेकाले यसलाई सोही आन्दोलनसँग जोडेर हेरिएको छ।
आन्दोलनकै दिन नियन्त्रणमा लिइएका प्रदेश सभा सदस्यहरूले प्रयोग गर्ने अन्य दुईवटा गाडीहरू पछि फेला परेका थिए । तर डिन जोशीको गाडी भने अझैसम्म रहस्यमय ढंगले बेपत्ता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण