प्रस्तावित श्रम सुधार नीतिको विरोधमा सडकमा उत्रिए हजारौँ पोर्चुगाली
सारांश
- शनिबार लिस्बनमा हजारौं मानिसहरू श्रम सुधार नीतिको विरोधमा सडकमा उत्रिएका थिए।
- नयाँ श्रम सुधार नीतिहरूले कामदारको अधिकार कमजोर पार्ने र जागिर असुरक्षित बनाउने प्रदर्शनकारीको भनाइ थियो।
- प्रदर्शनकारीहरूले २०२६ सम्ममा न्यूनतम ज्याला बढाएर १०५० युरो पुर्याउन माग गरेका छन्, अन्यथा हडतालको चेतावनी दिइएको छ।
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । केन्द्र–दक्षिणपन्थी सरकारले ल्याएको नयाँ श्रम सुधार नीतिहरूको विरोधमा मानिसहरू सडकमा आएका हुन् । देशको मुख्य श्रम सङ्गठनले यो विरोध प्रदर्शन आयोजना गरेको थियो ।
सङ्गठनले यी प्रस्तावित सुधारहरू तुरुन्तै फिर्ता लिन सरकारसँग माग गरेको छ । यी नीतिहरूले कामदारहरूको अधिकारलाई कमजोर बनाउने र उनीहरूको जागिरलाई असुरक्षित बनाउने सङ्गठनको दाबी थियो ।
सरकारको प्रस्तावित कानुनले बर्खास्त प्रक्रियालाई सरल बनाउन खोजेको छ । स्तनपान गराउने महिलाहरूको लागि ल्याइएको लचिलो कार्य घण्टा घटाउने र गर्भपतन भएका महिला कामदारलाई शोक बिदा घटाउने जस्ता प्रावधानहरूमाथि पनि जनताको आक्रोश उत्पन्न भएको छ । यतिबेला पोर्चुगलमा न्यूनतम ज्याला प्रतिमहिना ८७० युरो छ । प्रदर्शनकारीहरूले २०२६ सम्ममा यसलाई बढाएर १ हजार ५० युरो पुर्याउन माग गरेका छन् ।
प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको डेमोक्रेटिक एलायन्स सरकारले देशको उत्पादकत्व र रोजगार बजारमा लचिलोपन बढाउन यी सुधारहरू आवश्यक रहेको बताएको थियो । यी सुधारहरूले कम्पनीहरूलाई मात्र फाइदा पुर्याउने र कामदारको सुरक्षालाई कमजोर पार्ने विपक्षीहरूको भनाइ थियो ।
सरकारले यी प्रस्तावहरू फिर्ता लिएन भने डिसेम्बर ११ मा राष्ट्रव्यापी आम हडताल गरिने विरोध प्रदर्शन आयोजकहरूले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण