जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
आइतबार, २३ कात्तिक २०८२, १३ : ३१
सारांश
- काभ्रेको बनेपामा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूलाई २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको छ।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
काभ्रेपलान्चोक । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका–४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण