जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार जाम्बियन नागरिक पक्राउ
आइतबार, २३ कात्तिक २०८२, १६ : २३
सारांश
- केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेकी जाम्बियन नागरिक दुई महिनापछि पक्राउ परेकी छिन्।
- ३५ वर्षीया अबिशर्ग कापुटुला २०८२ भदौमा आन्दोलनको क्रममा कारागारबाट फरार भएकी थिइन्।
- प्रहरीले उनलाई कात्तिक २३ गते नियन्त्रणमा लिई थप कारबाहीका लागि पुन: कारागार पठाएको छ।
काठमाडौँ । लागुऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेकी एक जाम्बियन नागरिकलाई फरार भएको करिब दुई महिनापछि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, ३५ वर्षीया अबिशर्ग कापुटुला २०८२ भदौ २४ गते आन्दोलनको क्रममा कारागारबाट फरार भएकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खोजतलास गर्ने क्रममा उनलाई २०८२ कात्तिक २३ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिएअनुसार, पक्राउ परेकी कापुटुलालाई थप कारबाहीका लागि पुन: केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री लामालाई प्रश्न : बागमती सरकारमा २०८२ साउन २० को नजिर कायम गर्न खोजिएको हो ?
-
आफैँ तेल बेच्ने रुस कसरी पर्यो इन्धन सङ्कटमा ?
-
एआईजी राठौरले सम्हाले उपत्यका प्रहरीको कार्यभार
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण