रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनालाई सहज जित
सारांश
- बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ ले पराजित गर्यो, जसमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे।
- लेवान्डोस्कीले पेनाल्टीमार्फत पहिलो गोल गरे र पछि थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे।
- खेलमा बार्सिलोनाका लागि लामिन यामालले पनि गोल गरे, जसले टोलीलाई जित दिलायो।
काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार सोमबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई पारजित गरेको छ ।
स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकमा बार्सिलोनाले भिगोलाई ४-२ ले पराजित गरेको हो ।
खेलको १०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि ३७ औँ र ७३ औँ मिनेटमा उनले अर्को दुई गोल थपेर आफ्नो ह्याट्रिक पूरा गरे।
बार्सिलोनाका युवा प्रतिभा लामिन यामालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको चौथो गोल गरे।
सेल्टा भिगोलाई भने आफ्नो घरेलु मैदानमा हार बेहोर्नु पर्यो। भिगोको तर्फबाट सेर्गियो करेरैरा र बोरखा इग्लेसियसले गोल गरे।
जितसँगै बार्सिलोनाले महत्त्वपूर्ण तीन अङ्क हात पार्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा रहेको रियल म्याड्रिड ३१ अङ्क रहेको छ भने बार्सिलोनाको २८ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण