शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मधेस प्रदेश

मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

सोमबार, २४ कात्तिक २०८२, १० : ४९
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।
  • नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध सात दलका नेता कार्यकर्ताले नाराबाजी गरे।
  • मुख्यमन्त्री यादवलाई अवरोध गर्न सातै दलका नेता र कार्यकर्ता कार्यालय अगाडि जम्मा भए।

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।  नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् ।

madhes (2)

त्यस्तै दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन् ।  

 प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

madhes (3)madhes (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप