वीरेन्द्रबहादुर बस्नेतसहितको गतिशील लोकतान्त्रिक पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सोमबार, २४ कात्तिक २०८२, १५ : ५०
सारांश
- निर्वाचन आयोगले बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको गतिशील लोकतान्त्रिक पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको छ।
- सोमबार निर्वाचन आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो।
- गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईँ रहेका छन्, र उनले ३० असोजमा दल दर्ताको लागि निवेदन दिएका थिए।
काठमाडौँ । निर्वाचन आयोगले बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित मिलेर खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’लाई दल दर्ताको प्रमाणपत्र दिएको छ ।
आयोगले सोमबार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको निर्वाचन आयोगको दल दर्ता शाखाले जनाएको छ ।
गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा भने दिनेश प्रसाईँ रहेका छन् ।
गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । उक्त पार्टीको अध्यक्ष प्रसाईँ छन् भने महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण