सुर्यविनायकमा ५२ वर्षीय पुरुष मृत फेला
सोमबार, २४ कात्तिक २०८२, १६ : २३
सारांश
- भक्तपुरको सूर्यविनायकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
- मृतक ५२ वर्षीय सोमबहादुर मुसिख्वाल २२ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्।
- घटनास्थलमा विषदीको बट्टा फेला परेको छ, शव पोस्टमार्टमका लागि पठाइएको छ।
काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–६ स्थित गणेश मन्दिर नजिकै एक जना पुरुष मृत भेटिएका छन् । ५२ वर्षीय सोमबहादुर मुसिख्वाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काले रातोपाटीलाई बताए ।
मुसिख्वाल चाँगुनारायण नगरपालिका–८ का स्थानीय हुन् । उनी २२ गतेबाट घरबाट निस्केपछि परिवारको सम्पर्कमा थिएनन् । उनी घर नजिकै रहेको हनुमान चोकमा काममा जान्छु भनेर हिँडेको परिवारका सदस्यहरूले बताएका छन् ।
उनको शव फेला परेको ठाउँमा सेल्फस नामको विषादीको बट्टा पनि भेटिएको छ । शव पोस्टमार्टमको लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण