बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

२० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत

सोमबार, २४ कात्तिक २०८२, १७ : २४
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गरेका छन् । 

सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन् । 

उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए । 

राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ । 

उनले आफूहरू दीर्घकालीन हिसाबले राजनीतिमा प्रवेश गरेको बताए । उनले देशका सन्ततिहरूका लागि त्याग, निष्ठा, इमानदारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताए । 

उनले भने,‘हामीले चाहिँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहिँ साकार कसरी गर्न सक्छौ भन्ने हिसाबले अगाडि बढ्न पर्‍यो । त्यसकारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछाैँ, यस्तो खालको कालमा प्रवेश गर्दैछाैँ, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछाैँ सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइममा चाहिँ हामी प्रवेश गर्दैछाैँ । अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ । यो हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरूका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरूको सृजनशीलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजान्छाैँ र हामी दीर्घकालीन हिसाबले आउँदैछौँ किनभने हामीहरूको घोषणा पत्रमै लेखिसकेका छौँ कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जादैनौँ ।’

उनले जेनजी पुस्ताको आन्दोलन पश्चात् पार्टीको सांगठनिक कार्य सुरु गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप