लोप हुँदै गोरुगाढा
सारांश
- सुनसरीका ग्रामीण क्षेत्रमा एक दशकअघि सामान्य रूपमा पाइने गोरुगाडा लोप हुँदै गएको छ।
- कृषिमा आधुनिकीकरण र यातायातका साधनको विकासले गर्दा गोरुगाडाको प्रयोग घटेको हो।
- विवाह र सामान ओसारपसारका लागि प्रयोग हुने गोरुगाडाको स्थान अहिले अन्य सवारी साधनले लिएका छन्।
सुनसरी । दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा (बैलगाडी) पछिल्लो समय लोप हुँदै गएको छ ।
जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताए । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा रहेको गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको उनको भनाइ छ ।
बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै प्रयोग घट्दै गएको बताउँदै देवानगञ्जका किसान रामवृक्ष मेहताले किसानले पनि कम प्रयोग गर्न थालेका उल्लेख गरे।
पहिला घरमा ओसार्नेदेखी सामग्री ल्याउन तथा बिहेबारीमा जन्ती जान, गर्भवतीको प्रसूति गराउन अस्पताल लान एम्बुलेन्सको काम पनि गर्ने साधनका रूपमा रहेको गोरुगाडा अहिले देखिन छाडिसकेको स्थानीयवासीले बताएका छन् । किसानले कृषिकर्ममा गोरु र काठबाँसको प्रयोग गरी बनाएको गोरुगाडा पछिल्लो समयमा आएर हाते ट्याक्टर, ट्याक्टर अर्थात् प्रविधिको प्रयोग बढ्दै गएपछि प्रयोग घट्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण