बोस्च पावर टुल्सद्वारा दराज ११.११ अफर सार्वजनिक, १५ प्रतिशतसम्म छुट
सारांश
- बोस्च पावर टूल्सले दराजको ११.११ अभियानमा १५% सम्मको छुट दिने भएको छ।
- अभियानमा निर्माण, अटोमोबाइल र घर सुधारका लागि आवश्यक उपकरणहरू उपलब्ध छन्।
- फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा रु २२,९०० को प्रेसर वाशर रु ११ मा पाइनेछ।
काठमाडौं । बोस्च पावर टुल्स, विश्वव्यापी प्रविधि कम्पनी बोस्चको एक विभाग, नेपालमा आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत दराज नेपालको ११.११ अभियानमा सहभागी हुँदै छ। यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र आफ्नै हातले निर्माण गर्न रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने मौका उपलब्ध हुनेछ ।
नेपालको प्रमुख ई–कमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानले निर्माण, अटोमोबाइल र घर सुधारका लागि बोस्च पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गर्दछ । साथै, फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा रु २२, हजार ९०० रुपैयाँको प्रेसर वाशर केवल रु ११ मा पाउने अद्भुत अवसर पनि उपलब्ध हुनेछ।
ग्राहकहरूले यस अभियानमा यस्ता लोकप्रिय उपकरणहरू पनि अन्वेषण गर्न सक्नेछन् ः
अभियानमा प्रस्तुत उत्पादनहरू :
- बोस्च GWS 600 – सानो र किफायती एङ्गल ग्राइन्डर, सटीक र साँघुरो ठाउँका कामका लागि ।
- बोस्च GHG 16-50 हिट गन – सटीक तापक्रम नियन्त्रणका लागि विश्वासयोग्य र कुशल उपकरण ।
- बोस्च GSB 450 इम्प्याक्ट ड्रिल – माथिल्लो स्थान र सीमित ठाउँमा काम गर्न सक्षम, सानो तर शक्तिशाली ड्रिल ।
- बोस्च GBH 2-23 REA रोटरी ह्यामर – धुलो कम हुने र दक्ष ड्रिलिङका लागि SDS-प्लस रोटरी ह्यामर ।
- बोस्च GSB 13 RE इम्प्याक्ट ड्रिल किट सेट – बहुप्रयोगीय इम्प्याक्ट ड्रिल किट, विभिन्न उपकरणहरूसहित ।
- बोस्च GLM 40 लेजर रेंजफाइन्डर – छिटो र सटीक नापका लागि कम्प्याक्ट मापन उपकरण ।
यस ११.११ अभियानमार्फत बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराउँछ ।
नेपालमा बोस्च पावर टुल्स विस २०७३ देखि यसको एक मात्र आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत वितरण हुँदै आएका छन्, जसले प्रमाणिक उत्पादन र व्यापक बिक्रीपछिको सेवा सुनिश्चित गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण