जब संजयले टिना मुनिमबारे भनेका थिए – ‘उनी मात्र मेरी थिइन्, फिल्ममा एक्पोज होस् भन्ने चाहन्नथें’
संजय दत्तको बायोपिक ‘सञ्जु’ मा उनको तीन सय पचास महिलासँग सम्बन्ध भएको बताइएको छ । फिल्मी उद्योगमा आउनुपूर्व संजय दत्तकी पहिलो प्रेमिका रुबी थिइन् तर बलिउडमा रकी (सन् १९८१) बाट डेब्यू गरेपछि संजयको अफेयर को–स्टार टिना मुनिमसँग रह्यो । दुबैले फिल्ममा सँगै स्क्रिन सेयर गरे र यी दुईको सम्बन्धको चर्चा इन्डिष्ट्रिमा सामान्य रह्यो ।
एक अन्तर्वार्तामा टिनाबारे संजयले व्यक्त गरेका थिए आफ्नो प्रेमः
स्टारडस्ट म्यागजिनलाई दिएको अन्तर्वार्तामा संजयले भनेका थिए, ‘मैले कहिले आफ्नी प्रेमिकाको करियरमा हस्तक्षेप गरिनँ । कपडा बाहेक ।’
‘म टिनाका लागि निकै पोजेसिव थिएँ । उनी मात्र मेरी थिइन् । म चाहन्नँ थिएँ कि उनले अनस्क्रिन आफूलाई एक्सपोज गरोस् । म थोरै स्वार्थी छु । उनको करियर नचलेमा उनी सायद घर बस्लिन् भन्ने आशा राख्थें ।’
उनी थप्छन्, ‘म भावनात्मक रुपमा निकै कमजोर व्यक्ति हुँ । मेरी आमाको ममाथि निकै बलियो असर थियो । उनको मृत्यु पछि टिनाले त्यो स्थान ओगटिन् । टिना मेरो जीवनमा हावी थिइन् । तर उनले कहिले पनि मेरो करियरमा कुनै निर्णय लिइनन् । उनले कहिले पनि मलाई उनको कुनै राइभलसँग काम नगर्न भनिनन् ।’
‘मैले पुनम ढिल्लोसँग एउटा मात्र फिल्म गरेकी छु किनभने मैले एउटा मात्र अफर पाएको थिएँ । रंजीता पनि मसँग काम गर्न चाहन्थिन् तर हामीलाई कसैले एकसाथ कास्ट गरेनन् । ’ उनले भने ।
टिनाका फिल्म नचलेकोमा आफू सबैभन्दा खुसी हुने गरेको संजयले बताए । उनले भने, ‘त्यतिबेला टिना मुनिमको फिल्म चल्न सकेन भन्ने खबर आउँदा म अत्यधिक खुसी हुने गर्थें ।’
स्टारडस्टलाई दिएको अन्तर्वार्तामा संजयले भने, ‘टिनाले कहिले पनि मलाई मेरो परिवारबाट टाढा राखिनन् । उनले मलाई सधैं गाइड गर्थिन् र सधैं मलाई बुवा–बहिनीलाई भेट्न जान दबाब दिन्थिन् ।’
संजय दत्तको ड्रग्स र रक्सीको लतका कारण टिनासँग उनको ब्रेकअप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण