सापकोटाको 'घुमौँ रुविभ्याली' म्युजिक भिडियो सार्वजनिक
सारांश
- रुविभ्याली ट्रेकिङ रुटको प्रवर्द्धन गर्न 'घुमौँ रुविभ्याली' म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
- हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले रुविभ्यालीको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
- साहित्यकार नवराज लम्सालले गीतले रुविभ्यालीको सुन्दरता चित्रण गरेको बताए।
काठमाडौँ । रुविभ्याली ट्रेकिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियो घुमौँ रुविभ्याली सार्वजनिक गरिएको छ ।
हिमालयन सोसियल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र निर्माणमा बनेको म्युजिक भिडियोले रुविभ्यालीको सुन्दर दृश्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो ।
ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रूपमा रुविभ्यालीको कला, संस्कृति र पर्यटकीय सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ घुमौँ रुविभ्याली म्युजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष समेत रहेका सापकोटाले जानकारी दिए ।
म्युजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिङ्गो रुविभ्यालीको चित्रण गरेको बताए । आफू धादिङवासी भए पनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए । वास्तविक धादिङ त छायामा परेको रहेछ भन्दै उनले धादिङको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरे ।
सञ्चारकर्मी ऋषि धमलाले धादिङ जिल्लामा रहेको रुविभ्यालीले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने बताए ।
विवेक सापकोटाले निर्देशन गरेको म्युजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । सुधीर श्रेष्ठ र सगुन थापाले अभिनय गरेका यो म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यालन मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण