स्वास्थ्य मन्त्रालय अन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत
मङ्गलबार, २५ कात्तिक २०८२, १५ : ०१
सारांश
- सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
- मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालका लागि दरबन्दी स्वीकृत गरेको हो।
- सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधार र जनस्वास्थ्य सेवालाई सहज बनाउन यो निर्णय लिएको जनाएको छ।
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत विभिन्न निकायहरुमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सरकारले उक्त निर्णय स्वास्थ्य सेवाको गुणस्तर सुधार र जनस्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण