शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान

मङ्गलबार, २५ कात्तिक २०८२, १५ : ०७
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान गरेका छन्, जसले नेपाल र भारतको सुरक्षा बैठकमा भाग लिनेछन्।
  • बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, र सूचना आदानप्रदान लगायतका विषयमा छलफल हुनेछ।
  • अर्यालको भारत भ्रमणले दुवै देशको सीमा सुरक्षा र आपसी समन्वयलाई सुदृढ बनाउन मद्दत गर्नेछ।

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मंगलबार भारत प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बिच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सो अवसरमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ गरे ।

महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख गणेश बहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
    सो बैठक कार्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुनेछ । बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायवीच छलफल       हुने थापाले बताए । 

नेपाल–भारत बीच नियमित रुपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । अर्यालको भारत भ्रमणका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप