चीनमा टेस्लाको बिक्री घट्याे
काठमाडौँ । अमेरिकी विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी टेस्लाको चीनमा बिक्री घटेको छ ।
अक्टोबर महिनामा कम्पनीले चीनमा २६ हजार थान मात्रै सवारी साधन बेचेको छ । विक्रीको यो आकार तीन वर्षयताकै सबैभन्दा कम हो ।
चीनको ईभी बजारमा चर्को प्रतिस्पर्धाका बीचमा माग कमजोर बनेको छ । अक्टोबरमा टेस्लाले चीनमा २६ हजार ६ थान मात्रै सवारी साधन बेचेको छ । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८ प्रतिशत कम हो ।
सेप्टेम्बरमा मोडेल वाईएलको बिक्री सुरु गर्दा टेस्लाले चीनमा ७१ हजार ५२५ थान कार बेचेको थियो । विक्री घटेसँग चीनको ईभी बजारमा टेस्लाको हिस्सा अक्टोबर ३ दशमलव २५ प्रतिशतमा खुम्चिएको छ ।
अघिल्लो महिना यो अनुपात ८ दशमलव ७५ प्रतिशत थियो । चाइना प्यासेन्जर कार एसोसिएसनले जारी गरेको तथ्याङ्कअनुसार कम्पनीले समीक्षा अवधिमा चीनमा बनाइएका ३५ हजार ४९१ थान सवारी साधन निर्यात गरेको छ । निर्यातको यो आकार भने दुई वर्षको उच्च हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण