शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा एमाले निर्वाचनबाट भाग्दैन, तर सरकारको कार्यशैलीप्रति विश्वास छैन : अग्नि खरेल

मङ्गलबार, २५ कात्तिक २०८२, १६ : ४९
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • एमाले नेता अग्नि खरेलले निर्वाचनबाट आफ्नो पार्टी नभाग्ने बताए।
  • उनले वर्तमान सरकार निर्वाचन गराउन इच्छुक नदेखिएको र वातावरण नबनाएको आरोप लगाए।
  • खरेलले प्रधानमन्त्रीले दलका नेताहरूसँग भेट नगरेकोमा निर्वाचनप्रति शंका व्यक्त गरे।

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री अग्नि खरेलले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्। यद्यपि, उनले वर्तमान सरकार निर्वाचन गर्ने दिशामा नलागेको र उसको कार्यशैलीले निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका छन्।

नेपाल कानुन समाजले आयोजना गरेको 'आगामी प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खरेलले निर्वाचनको मुख्य सरोकारवाला रहेका राजनीतिक दलका नेताहरूलाई समेत नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको बताए।

उनले भने, ‘ढङ्गले आओस्, एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन। तर, निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन। कामकारबाही नै त्यो खालको भइरहेको छैन।’

खरेलले निर्वाचनमय वातावरण बनाउने जिम्मेवारी सरकारको भएको भन्दै वर्तमान सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउनेभन्दा बिगार्नेतिर बढी गएको बताए।

उनले थपे, ‘दलसँग वार्ता गर्दिनँ भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन। शीर्ष नेताहरूसँग म बस्दिनँ, किन बस्दिनँ? प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्यायाधीश बनाउने त उनै शीर्ष नेता हुन् त?’

खरेलले यसअघि राजनीतिक दलहरूसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको ऐतिहासिक उदाहरण पनि स्मरण गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप