मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेको रिटमा आज पेसी
सारांश
- मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्।
- रिटमा मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया स्थगन गरी पुनः संवैधानिक आह्वानको माग गरिएको छ।
- अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न आदेश दिएको छ।
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।
मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध सांसदहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् ।
यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
रकी प्रसाद साहसमेतले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।
रिट निवेदनको संवेदनशीलता, सार्वजनिक महत्वको संवैधानिक प्रत्र र छिटो छरितो ढुंगो लगाउनु पर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेसी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाइको लागि मंसिर ११ गते बोलाइएको आदेशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण