पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए
सारांश
- पर्सामा मिटरब्याजसम्बन्धी १,६९७ उजुरी मेलमिलापमार्फत टुङ्ग्याइयो।
- किसान मजदुर आन्दोलनका अनुसार साहुकारले अझै पनि ऋणको तीन गुणासम्म असुल्ने गरेका छन्।
- पीडितहरूले सरकारले यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।
पर्सा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “रु एक लाखको ऋण दिएर रु तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्”, भने ।
पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि रु एक लाख १० हजार ऋण लिएकोमा साहुकार जोगिन्दर राउत कुर्मीले रु तीन लाख ३० हजारको तकसुक बनाएको आरोप लगाए । उनले भने, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।”
पर्सामा मेलमिलापको बिगो रु २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण