भेनेजुएलासँगको तनावबिच क्यारिबियन सागरमा अमेरिकी युद्धपोत तैनाथ
सारांश
- अमेरिकी नौसेनाले क्यारिबियन सागरमा युद्धपोत तैनाथ गरेको छ, जसले दुई देशबीचको सम्बन्ध थप बिग्रिने संकेत गरेको छ।
- ट्रम्प प्रशासनले भेनेजुएली पानी जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो कदम चालेको हो।
- भेनेजुएलाले अमेरिकालाई आफ्नो सरकारलाई हटाउन खोजेको आरोप लगाएको छ।
वासिङ्टन डीसी । पछिल्लो समय अमेरिका र भेनेजुएलाको सम्बन्ध झनझन बिग्रिँदै गइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएली पानी जहाजमाथि निशाना बनाएर आक्रमण गरिरहेका छन् ।
यहि बेला अमेरिकाले विश्वको सबैभन्दा ठुलो युद्धपोत यएसएस जोलड आर फोर्डको नेतृत्वमा रहेको अमेरिकी नौ सेना स्ट्राइक फोर्स क्यारिबियन सागरमा तैनाथ गरेको छ । यो खबरको पुस्टी अमेरिकी नौसेनाले गरेको भन्दै बिबिसीले समाचार छापेको छ ।
ट्रम्पले गत महिना क्यारिबियनमा स्ट्राइक फोर्स तैनाथ गर्ने आदेश दिएका थिए । लागु पदार्थ तस्करहरूमाथि अमेरिकी आक्रमण जारी रहेको समयमा यो तैनाथी भएको हो । अमेरिकाको यस कदमले दुई देशबिचको तनावलाई झनै बढाउने निश्चित छ ।
हालसम्म, अमेरिकाले क्यारिबियन पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १९ वटा आक्रमण गरिसकेको छ, जसमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य अधिकारीहरूले अमेरिकालाई देशको वामपन्थी समाजवादी सरकारलाई उल्टाउने प्रयास गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण