खैरो हेरोइनसहित तार्केश्वरबाट एक जना पक्राउ
बुधबार, २६ कात्तिक २०८२, १३ : ५०
सारांश
- काठमाडौँको शेषमतिबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा झापाका ३३ वर्षीय शंकर राजवंशी छन्, जसको साथबाट लागूऔषध बरामद भयो।
- प्रहरीले उनको साथबाट नगद ७३ हजार र लागूऔषध कारोबारको आशंकामा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–८ स्थित शेषमतिबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१० घर भएर शेषमति बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी छन् ।
आरोपीको साथबाट ६.७३ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । लागुऔषध कारोबार गर्ने उनको साथबाट प्रहरीले ७३ हजार नगद पनि बरामद गरेको छ ।
मङ्गलवार पक्राउ परेका उनीमाथि अदतलालबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण