भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्वमन्त्री पक्राउ
सारांश
- श्रीलङ्काका पूर्वमन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी र भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।
- उनलाई सन् २०२१ मा पर्यटन मन्त्रीको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको हो।
- रणतुङ्गाले निजी कम्पनीमार्फत बिमा योजना खरिद गर्दा एसएलआईसीलाई नोक्सान भएको थियो।
कोलम्बो । श्रीलङ्काका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् । आयोगले विज्ञप्ति जारी गर्दै रणतुङ्गालाई सन् २०२१ मा उनको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको बताएको छ ।
आयोगका अनुसार यो मामिलामा पर्यटन मन्त्रालय अन्तर्गतका चार संस्थाका लागि नयाँ बिमा योजना खरिद गरिएको छ । राज्यको स्वामित्वमा रहेको श्रीलङ्का बिमा निगम (एसएलआईसी) बाट सिधै खरिद गर्नुको सट्टा रणतुङ्गाले निजी कम्पनी मार्फत खरिद गर्दा एसएलआईसीलाई ४।७ मिलियन रुपैयाँ (२०२१ को विनिमय दरमा लगभग २४ हजार अमेरिकी डलर) को नोक्सान भएको जनाइएको छ ।
आयोगले पूर्वमन्त्रीलाई वयानका लागि कोलम्बोको अदालतमा पेस गरिने जनाएको छ । रणतुङ्गाले यस अघि महिन्दा राजापाक्ष, गोताबाया राजापाक्ष र रानिल विक्रमसिङ्घेको कार्यकालमा धेरै प्रमुख पदहरू सम्हालेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण