बावुमाको कप्तानीमा अपराजित दक्षिण अफ्रिकाले भारतलाई उसैको घरमा चुनौती दिँदै
सारांश
- भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखलाको पहिलो खेल नोभेम्बर १४ मा कोलकातामा हुँदैछ।
- दक्षिण अफ्रिकाले भारतमा पछिल्लो १५ वर्षदेखि टेस्ट खेल जितेको छैन, तर कप्तान बावुमाको नेतृत्वमा राम्रो प्रदर्शन गरेको छ।
- इडन गार्डन्स स्टेडियममा ६ वर्षपछि टेस्ट म्याच हुँदैछ, जहाँ पिच सन्तुलित रहने अनुमान छ।
कोलकाता। भारत र दक्षिण अफ्रिकाबिचको दुई टेस्ट शृंखलाको पहिलो खेल भोलि शुक्रबार, नोभेम्बर १४ देखि कोलकाताको इडन गार्डन्स स्टेडियममा सुरु हुँदैछ। दक्षिण अफ्रिकाले टेम्बा बावुमाको कप्तानीमा अहिलेसम्म एउटा पनि टेस्ट हारेको छैन । तर यसपटक टिमसामु भारतको ठूलो चुनौती रहनेछ।
दक्षिण अफ्रिकाले विगत १५ वर्षदेखि भारतमा कुनै पनि टेस्ट खेल जित्न सकेको छैन। यहाँ टोलीले अन्तिम जित सन् २०१० मा हासिल गरेको थियो। त्यसपछि भारतमा खेलिएका ८ टेस्टमध्ये ७ खेल घरेलु टिमले जित्यो र एउटा बराबरीमा सकियो। यता, कप्तानका रूपमा बावुमाले खेलेका १० टेस्टमध्ये ९ मा जित र एकमा बराबरी भएको छ।
इडन गार्डन्स स्टेडियमले ६ वर्षपछि टेस्ट म्याच आयोजना गर्दैछ। यसअघि नोभेम्बर २०१९ मा भारत र बंगलादेशबिच डे-नाइट पिंक बल टेस्ट यहाँ खेलिएको थियो, जसमा भारतले एकपक्षीय जित हासिल गरेको थियो।
कोलकातामा अहिलेसम्म ४२ टेस्ट खेलिएका छन्, जसमा पहिले ब्याटिङ गर्ने टिमले १२ र पहिले बलिङ गर्ने टिमले १० खेल जितेका छन् भने २० खेल बराबरी भएका छन्। भारत र दक्षिण अफ्रिकाबीच यहाँ ३ टेस्ट खेल भएका छन्, जसमा भारतले २ र दक्षिण अफ्रिकाले १ खेल जितेको छ।
दुई टिमबिच अहिलेसम्म कुल ४४ टेस्ट खेल भएका छन्, जसमा भारतले १६ र दक्षिण अफ्रिकाले १८ खेल जितेका छन् भने १० खेल बराबरी भएका छन्। भारतमा दक्षिण अफ्रिकाविरुद्ध खेलिएका १९ टेस्टमध्ये भारतले ११ जितेको छ, ५ खेल गुमाएको छ र ३ बराबरी भएका छन्।
सन् २०२५ मा दक्षिण अफ्रिकाका लागि वियान मुल्डरले सर्वाधिक रन बनाएका छन्, उनले जिम्बाब्वेविरुद्ध तेहेरो शतक पनि लगाएका थिए। यस्तै, देब्रेहाते स्पिनर केशव महाराज १९ विकेट लिएर टिमका शीर्ष बलर बनेका छन्।
इडन गार्डन्स स्टेडियमको पिच सन्तुलित मानिन्छ। यहाँ ब्याट्सम्यान र बलर दुवैलाई सहयोग मिल्छ।
सामान्यतया ब्याट्सम्यानलाई धेरै मद्दत मिले पनि, टेस्टको पहिलो दुई दिन तीव्र गतिका बलरहरूले स्विङ र सीम मुभमेन्ट पाउन सक्छन्। तेस्रो दिनदेखि स्पिनरहरूको भूमिका बढ्ने अपेक्षा गरिएको छ। नोभेम्बरमा कोलकाताको मौसम चिसो र हल्का ओसिलो हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026