बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा मधेस प्रदेश खेलकुद परिषद्को प्रभातफेरी

बिहीबार, २७ कात्तिक २०८२, १० : ०३
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • मधेस प्रदेश खेलकुद परिषद्ले स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा जनकपुरधाममा प्रभातफेरीको आयोजना गर्‍यो।
  • परिषद्ले मधेसका नागरिकलाई खेलकुदमा जोड्ने उद्देश्यका साथ विभिन्न गतिविधिहरू गर्दै आएको छ।
  • सदस्य-सचिवका अनुसार आगामी दिनमा खेलाडीको व्यक्तित्व विकास र खेलकुदलाई अझ प्रभावकारी बनाउने लक्ष्य छ।

जनकपुरधाम । मधेस प्रदेश खेलकुद परिषद्ले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा बिहीबार जनकपुरधाममा प्रभातफेरी आयोजना गरेको छ ।

प्रभातफेरी जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भई कदम चोक, जनक चोक हुँदै जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा परिषद्का पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मधेस खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुका अनुसार परिषद्ले मधेसका प्रत्येक नागरिकलाई खेलकुदसँग जोड्ने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । उनका अनुसार गत एक वर्षको अवधिमा परिषद्ले प्रदेश सरकारको योजनाअन्तर्गत विविध प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी दिनमा खेलाडीहरूको व्यक्तित्व विकास, पारिश्रमिक र भत्ता व्यवस्थापनका साथै प्रतियोगिता र प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने लक्ष्य परिषद्को रहेको सदस्य–सचिव कानुले जानकारी दिए ।

उनले खेलकुदले समाजलाई सभ्य र स्वस्थ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । ‘प्रदेश सरकार खेलकुद क्षेत्रमा अझै पर्याप्त रूपमा गम्भीर हुन सकेको छैन,’ उनले भने ।

कानुले परिषद्को नाममा बैंक खाता सञ्चालनमा नआएकाले खेलकुदसम्बन्धी गतिविधि सञ्चालनमा कठिनाइ भइरहेको जानकारी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप