खैरो हेरोइनसहित टोखाबाट २ जना पक्राउ
बिहीबार, २७ कात्तिक २०८२, ११ : ०१
सारांश
- काठमाडौंको टोखाबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा झापाका विशाल पाठक र इमान महमद रहेका छन् ।
- प्रहरीले उनीहरुको साथबाट ३.५१ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको टोखाबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० घर भएर बसुन्धारा बस्ने २८ वर्षीय विशाल पाठक र मेचीनगर–१० घर भएका २१ वर्षीय इमान महमद छन् ।
आरोपीहरूको साथबाट ३.५१ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरूमाथि प्रहरी वृत्त महाराजगन्जले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण