कांग्रेस केन्द्रीय समिति बैठकमा होहल्ला
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्याएर बोल्न दिएपछि होहल्ला भयो।
- सहमहामन्त्री मन्सुरले यसअघि नै धारणा राखिसकेको भन्दै नेताहरूले विरोध जनाएका थिए।
- महासचिवद्वयको एजेन्डालाई समर्थन जनाएपछि संस्थापन पक्षका सदस्यहरूले विरोध गरेका हुन्।
काठमाडौँ । सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहर्याएर बोल्न दिएपछि नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा होहल्ला भएको छ ।
बिहीबारको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीपछि मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न दिएका थिए । उनी बोल्न लागेपछि सदस्यहरूले होहल्ला गरेका हुन् ।
मन्सुरले यसअघि नै केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखिसकेको भन्दै नेताहरूले होहल्ला गरेका बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । सहमहामन्त्री मन्सुरले यसअघि १९ कात्तिकमा बसेको बैठकमा धारणा राखिसकेका थिए ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका मन्सुर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको एजेण्डालाई समर्थन गर्दै आएका छन् । फेरि त्यही एजेण्डामा समर्थन गर्न लाग्यो भनेर संस्थापनका सदस्यहरूले होहल्ला गरेका हुन् । तर होहल्लाका बिच उनले आफ्नो धारणा राखेको एक केन्द्रीय सदस्यले बताए ।
धारणा राख्ने क्रममा उनले अहिलेको संकट समाधानका लागि विशेष महाधिवेशनको विकल्प नभएको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण