मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

शुक्रबार, २८ कात्तिक २०८२, ०९ : ५२
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
  • आयोगले प्रतिनिधि सभाका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ।
  • फागुन २१ गते प्रतिनिधि सभा र माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ।

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ । 

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण,दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।

फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।

dal darta 2dal darta

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप