मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा पाँच दलले गरे आन्दोलन घोषणा
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिको विरोधमा आन्दोलन घोषणा गरिएको छ।
- विभिन्न दलहरूले मुख्यमन्त्रीको नियुक्तिलाई असंवैधानिक भन्दै विरोध जनाएका छन्।
- आन्दोलनकारीहरूले मुख्यमन्त्रीलाई बर्खास्त गर्न र शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिको विरोधमा आन्दोलन घोषणा गरिएको छ ।
नेकपा माओवादी केन्द्र,जसपा नेपाल,जनमत पार्टी,लोसपा नेपाल र जसपा नेपालका नेताहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेका हुन् ।
गत शनिबार तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी होटल (रेस्टुरेन्ट) जस्ता संवेदनशील स्थलमा शपथ ग्रहण गराएको घटना निन्दनीय र घिन लाग्दो रहेको उनीहरूको ठहर छ ।
अहिले मधेस प्रदेशमा गैर संवैधानिक तरिकाले रातारात संविधानको चीरहरण गरी संविधान, सङ्घीयता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने, मधेसी जनताको अधिकार हनन् गर्ने संविधानको मूल मर्ममाथि प्रहार गर्ने प्रतिगमनकारी कदमको घोर भर्त्सना समेत दलहरूले गरेका छन् ।
साथै गैर संवैधानिक तरिकाले नियुक्त भई रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्रीलाई बर्खास्त गरी संविधान, सङ्घीयता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संरक्षणका लागि सम्पूर्ण मधेस प्रदेशवासीलाई विरोध तथा शान्तिपूर्ण आन्दोलनमा सहभागीताका लागि आग्रह गरेका छन् ।
शनिबार साँझ सर्लाहीकाे मलंगवास्थित सहिद चोकमा मसाल जुलुस र आइतबार बिहान ११ बजेदेखि खबरदारी जुलुसको घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण