बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बीएस्सी नर्सिङ, बी.एन.एस., बी.ए.एम.एस. र अप्टोमेट्री प्रवेश नतिजा सार्वजनिक

शुक्रबार, २८ कात्तिक २०८२, २२ : ३९
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
  • आयोगले कार्तिक १७ र १८ गते लिएको परीक्षामा सहभागी उम्मेदवारहरूले नतिजा प्रोफाइलबाट हेर्न सक्नेछन्।
  • ओएमआरमा गल्ती गर्ने र झुटा विवरण पेस गर्ने परीक्षार्थीको नतिजा रद्द गरिने आयोगले जनाएको छ।

काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह  शैक्षिक सत्र २०२६ का लागि बीएस्सी नर्सिङ/बीएस्सी मिडवाइफ्री, बी.एन.एस./बी.एम.एस., बी.ए.एम.एस. तथा बी.अप्टोमेट्री कार्यक्रमहरूको प्रवेश परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ।

शैक्षिक सत्र २०८२/८३ का लागि भर्ना प्रक्रिया अन्तर्गत आयोगले २०८२ कार्तिक १७ गते बीएस्सी नर्सिङ/बीएस्सी मिडवाइफ्री र मिति २०८२ कार्तिक १८ गते बी.एन.एस./बी.एम.एस., बी.ए.एम.एस. र बी.अप्टोमेट्री कार्यक्रमको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो। सोही परीक्षामा सहभागी भई योग्यता क्रममा परेका उम्मेदवारहरूको नतिजा आयोगले सार्वजनिक गरेको हो। परीक्षार्थीले आफ्नै प्रोफाइलमार्फत नतिजा हेर्न सक्ने व्यवस्था पनि गरिएको छ।

आयोगका अनुसार ओएमआर सीटमा रोल नम्बर वा प्रश्न पत्र सेटको बबल सही रूपमा नभरिएका, दुवै बबल नभरिएका, वा गलत प्रकारले भरिएका केही परीक्षार्थीहरूको उत्तर पुस्तिका रद्द गरिएको जनाएको छ। यस्तै, झुटा विवरण पेस गरी परीक्षामा सहभागी भएको प्रमाणित भएमा सम्बन्धित परीक्षार्थीको नतिजा जुनसुकै बखत रद्द गरिने चेतावनी पनि आयोगले दिएको छ।

nursing notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप